पोर्चुगलमा राजदुतावास स्थापनार्थ संघर्ष समितिद्वारा हस्ताक्षर संकलन अभियान

लिस्वोन,जुलाइ ९। पोर्चुगलमा नेपाली राजदुतावास स्थापनार्थ संघर्ष समितिद्वारा हस्ताक्षर संकलन अभियानको सुरुवात भएको छ । संघर्ष समितिले शनिबार एक पत्रकार सम्मेलन गरी हस्ताक्षर संकलनको अभियान चलाएको हो ।
patrakarपत्रकार सम्मेलन कार्यक्रममा संघर्ष समितिका संयोजक रमेशकुमार गुरुङले पोर्चुगलमा रहेका सवै राजनैतिक संगठन, विभिन्न संघ सस्था र सवै नेपालीहरु एक भएर यो अभियानमा लाग्नु पर्ने बताए । साथै उनले पोर्चुगलमा बस्ने नेपालीहरुको यो साझा समस्या भएका कारण यहाँ तेरो मेरो केही नभनि यो अभियानमा सक्रिय हुनुपर्ने बताए ।
त्यसै गरी बाणिज्यदुत मकरवहादुर हमालले पोर्चुगलमा बाणिज्यदुतावास मात्र पर्याप्त नभएका कारण राजदुतावास हुनुपर्ने र संघर्ष समितिलाइ आफुले सक्दो सहयोग गर्ने बताए ।
शिक्षा, ब्यवसाय लगायत विभिन्न रोजगारीमा आवद्ध भइ २० हजार भन्दा बढि नेपालीहरु बसोबास गर्दै आइरहेको पोर्चुगलमा नेपाली राजदुतावास स्थापनाको लागि विगत लामो समय देखिनै आवाज उठाउदै आए पनि नेपाल सरकारबाट कुनै सुनुवाइ भएको छैन । पोर्चुगलमा १९९० को दशकबाट नेपालीहरुको बसोबास सुरुवात भए पनि पछिल्लो समयमा परिवार, बालबच्चा, सहित २० हजार भन्दा बढि नेपालीहरु बसोबास गर्दै आइरहेका छन् ।
नेपाली समुदायको बढ्दो क्रम भए सँगै विविध कानुनि ब्यवहारीक समस्याहरु पनि बढ्दै गइरहेको अवस्थामा नेपाली दुतावासको आवश्यकतालाइ ध्यानाकर्षण गराउनका निम्ति हस्ताक्षर संकलन अभियान चलाइएको संघर्ष समितिले जनाएको छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु