पोर्चुगलमा पशुपतिनाथको मन्दिर बनाउनको लागि शुभारम्भ पूजा हुने ।

जुलाइ २६, लिस्वोन,
char_narayan021पोर्चुगलमा पशुपतिनाथको मन्दिर निर्माण गर्ने उद्देश्यले पशुपतिनाथ शुभारम्भ पूजा हुने भएको छ । भगवान श्रीकृष्णाजन्मस्टमी तथा श्रावणको अन्तिम सोमबारको शुभारम्भ पारेर शीव पूजा तथा कृष्णाजन्मास्टमीको कार्यक्रम सहित मन्दिर निर्माणको लागि अगस्ट १४ तारिक सोमबारका दिन शुभारम्भ पूजा गरिने भएको छ ।
विगत लामो समय देखि पोर्चुगलमा उल्लेख्य मात्रमा नेपालीहरुको बसोबास बृद्धिक्रम जारी भएको अवस्थामा नेपालीहरुको साझा प्रतिनित्वि हुने गरी मन्दिर निर्माण हुने भएको हो ।
मन्दिर निर्माणको लागि शुभारम्भ पूजाको दिन देखिबाट आवश्यक अर्थ तथा पुर्वाधार ब्यवस्थापन, निर्माणको लागि श्री पशुपतिनाथ नेपाली समुदाय पोर्चुगलको पनि स्थापना हुने जानकारीमा आएको छ । १४ तारिक सोमबारका दिने हुने उक्त विशेष पूजा र्कायक्रम विहान १० बजे देखि हुने भएको छ । भने ३ बजे देखि प्रवचन र ४ बजे देखि भजन कृतन हुने छ ।
कार्यक्रम सान्तोस स्थित Rua Conde 77 Janelas Verdes, Santosh मा हुने छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु