पाेर्चुगलमा सास्कृतिक कार्यक्रम सँगै “सिसेक्पा तङनाम” सम्पन्न ।

limbuलिस्वाेन, पाेर्चुगलकाे लिस्वाेनमा विविध सास्कृतिक कार्यक्रम सँगै सिसेक्पा तङ्नाम पर्व सम्पन्न भएकाे छ । आदिवासी लिम्बुजातिहरुको महान चाड “सिसेक्पा तङनाम” किरात याक्थुड० चुम्लुड० पोर्तुगलको आयोजनामा सम्पन्न भएकाे छ । सस्थाका अध्यक्ष रिपु जंग निंलेखुकाे सभापतित्वमा सम्पन्न
उक्त कार्यक्रममा रूकमान केरूङले स्वागत मन्तब्य राखेका थिए भने दिपा लुङ्खिम्बाले कार्यक्रम सञ्चालन गरेकि थिइन् ।
तमु समाज पाेर्चुगलका अध्यक्ष राजकुमार गुरूङकाे प्रम्रख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ सस्थाहरूका प्रतिनिधिहरूले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमकाे ब्यवस्थापन श्याम बाखिमले गरेका थिए ।
उक्त चाड विशेष गरि नेपालको पूर्वी भागमा बसोवास गर्ने आदिवासी किराती लिम्बुजातीहरुमा प्रचलित छ भने बिगत केहि वर्ष देखि यो चाड विश्व व्यापी रुपमा मनाउदै आइरहेका छन् ।
पोर्चुगलमा बसोवास गर्दै आएका लिम्बुजातीहरुको साझा सस्था किरात याक्थुङ्ग चुम्लुङ्गको गठन गरे पश्चात विगत केहि वर्ष अघि देखि यो पर्व मनाइदै आएको छ । यस चाडलाई अन्य समुदायले साउने सँक्रान्तिको रुपमा मान्ने गर्दछन

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु