पोर्चुगलमा श्रीकृष्ण जन्मोत्सव तथा भजन संध्या भव्य रुपमा सम्पन्न

लिस्वाेन, पोर्चुगलमा भगवान श्री पशुपती नाथको मन्दिर स्थापनाको उद्धेश्यका साथ श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भव्य कार्यक्रम सम्पन्न भयको छ।श्रीकृष्ण जन्मको दिव्य झाकी को साथ मा भक्तहरुलाई नचाउदै भजन गायक शम्भु सिलवाल ले मन्दिर निर्माणमा सबै पोर्चुगल बासी तथा युरोप बासी लाई सहभागी हुन आग्रह गरेका छन्।img_1642
एन.आर.एन. ए. आई सि सि सदस्य तथा पोर्चुगलका लागी पर्यटन दुत श्री रमेश कुमार गुरुड़ं को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन पत्रकार फुरवान रायमाझी गरेका थीय। उक्त कार्यक्रममा कार्यक्रम तयारी समीतिका महा सचिव तथा पत्रकार बाबुराम भुसाल र संयोजक गोविन्द सापकोटाले लेन्स आर्ट संग कुरा गर्दै लगभग एक दशकको आफ्नो पोर्चुगल बसाईमा आफुले भोगेको धार्मीक तथा संस्कारीक क्षेत्रको अभावलाई महसुस गरी यो अभीयान शुरु गरेको बतायका छन्।
मिलीझुली आमा समुह सान्तोस र अध्यक्ष राधिका सापकोटाको उक्त कार्यक्रम ब्यबस्थापन गर्नमा ठुलो भुमीका रहेको थियो।धेरै समय भाषणमै बित्ने गरेका पोर्चुगलका कार्यक्रम हरु भन्दा फरक गराउदै बिहानै बाट पुजा शुरु भएको कार्यक्रममा केही समय श्री ऊँ सुर्य शिव ज्यू बाट कथा प्रवचन संगै भजन शुरु भएको थियो।कार्यक्रम आयोजक समितीका संयोजक गोविन्द सापकोटाले कार्यक्रम सफल बनाउन बिहानै देखी खटेर सहयोग गर्नुहुने बालकृष्ण सापकोटा,शिव सापकोटा, हेमलाल पुन,ज्यक्सन सेभेन,गिता भुसाल,गिता आचार्य, अपेक्षा सापकोटा, अच्युत भुसाल ,रामकृष्ण सापकोटा तथा पुजा सन्चालन गर्नुहुने पं.राम सिलवाल,गंगा राम कंडेल,राम चन्द्र रिजाल ,कार्यक्रम छायांकन तथा फोटोमा सहयोग गर्नुहुने प्रबिन धिताल ,भजनमा सहयोग गर्नुहुने सम्पुर्ण कलाकारहरु लाई हार्दिक धन्यवाद व्याक्त गर्नु भएको छ। कार्यक्रम बाट लगभग १०२००(दश हजार दुई सय ) युरो संकलन भएको आयोजक समितीले जानकारी दीएको छ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु