नरेन्द्र हमालको प्रमुख आतिथ्यतामा एनअारएनकाे तदर्थ समिती

लिस्वाेन, पछिल्लाे समयमा पाेर्चुगलका विभिन्न इलाकाहरूमा क्षेत्रिय समिति गठन प्रकृयालाइ तिब्र पारिएकाे छ । गैह्र आवासीय नेपाली संघ पोर्तुगलको क्षेत्रीय तदर्थ समिती गठन प्रकृयाले तिब्र रुप लिएकाे अवस्थामा पछिल्लाे समय जम्बुजेरामा अलेन्तेजोमा पनि क्षेत्रिय समिति गठन भएकाे छ ।
पोर्तुगलको राजाधानी लिस्बनभन्दा बाहिर रहेका अप्रबाशी नेपालीहरुलाई एकजुट बनाई बिभिन्न समस्याहरुलाई साझा मुद्दा बनाई सहयोग गर्न सकिने हेतुले बुधवार बेजा जिल्लाको जम्बुजेरामा अलेन्तेजो क्षेत्रका लागि एनअारएन पाेर्चुगलका प्रतिनिधि नरेन्द्र हमालको प्रमुख आतिथ्यतामा तदर्थ समितीको गठन भएको छ । प्रमुख अतिथी हमालले पहिलेको तुलनामा एनआरएनको बढि सक्रियताले नै अप्रबासी नेपालीको हकहितमा लड्न सक्ने भन्दै नबनिर्वाचित समितिलाई बधाई तथा शुभकामना बक्तव्य दिनु भएको थियो 21
पोर्तुगलमा अप्रबासी नेपालीहरुको संख्या बढिरहेको अवस्थामा बिभिन्न संघ सस्थामार्फत यहाँका नेपालीहरुका बिभिन्न समस्यालाई सहयोग पुर्याउने उद्देश्य लिएका जनसम्पर्क समिती पाेर्चुगलका उपाध्यक्ष तथा एनआरएन पोर्तुगलका सल्लाहकार तिलक गैह्रेको बिशेष संयोजकत्वमा भएको थियाे ।
पोर्तुगलको लिस्वाेनपछि सम्भत सबैभन्दा बढी अप्रबासी नेपालीहरुको बसोबास रहेको यस क्षेत्रले आउदो अधिबेशनको लागि बिशेष महत्व राख्ने पाईन्छ ।
भेलाले गैह्र आवशीय नेपाली संघ अलेन्तेजो क्षेत्रका लागि जनसम्पर्क समिती अलेन्तेजोका उपाध्यक्ष बिनोद अधिकारीको नेतृत्वमा १७ सदस्यीय तदर्थ समिती गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा जनप्रगतिशिल मञ्चकातर्फबाट नारायण भुर्तेल, आदिबाशी जनजातीका तर्फबाट ईन्द्र रोका मगर, प्रबासी नेपाली मञ्चकातर्फबाट मोहन मरासनी र जनसम्पर्क समितीका तर्फबाट शिवभक्त वाग्ले, सचिबमा बिपिन अर्याल, सहसचिबमा गोकुल केसी, प्रबास चौरेल तथा कोषाध्यक्षमा बिनिता श्रेष्ठ र शुसिलराज अर्याल, मान बहादुर क्ष्रेत्री, शक्ती लामा, नरबहादुर रोक्का, नबिन पाण्डे, तिलक पुन, बुधराज रेग्मी, मिलन थापामगर क्रमश सदस्यमा चुनिएका छन् ।
भेलामा नेपाली कल्चर असोसिएसनका अध्यक्ष भुपेन्द्र बस्नेत, जनसम्पर्क समिती अलेन्तेजोका सभापति वोकिल केसी, प्रबासी नेपाली मञ्चका बमबहादुर जिसी, एनआरएन पोर्तुगलकि केन्द्रिय सदस्य गीता राना, युबा ब्यबसायी प्रकाश कडरिया, नेपाल दलित संघका केन्द्रिय सदस्या श्याम नेपाली, कलाकार जेबी ओेलीहरुको अतिथी उपस्थिति रहेको थियो । भने नेपाली कल्चर एसोसिएसनका अध्यक्ष भुपेन्द्र बस्नेतले एनआरएन पोर्तुगलको केन्द्रिय उपाध्यक्ष, जनसम्पर्क समिती अलेन्तेजोका सभापती वोकिल केसीले केन्द्रिय सदस्य तथा प्रबासी नेपाली मञ्चका बम बहादुर जिसिले केन्द्रिय सदस्याको उम्मेदवार घाेषणा गरेका छन् ।
nrn-630x308

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु