एनअारएन पाेर्चुगलमा राजनैतिक संगठनकाे सहमति,असन्ताेस पक्षकाे बेग्लै प्यानल

nrn-portugalलिस्वाेन, गैर अावासिय नेपालि संघ पाेर्चुगलकाे अधिवेशनमा नयाँ कार्यसमितिकाे लागि राजैतिक भातृ संगठन विच सहमति भए पछि जनजाति महासंघ लगायतका असन्ताेस पक्षले नयाँ प्यानल बनाउने तयारि गरिरहेकाे छ । नेपालि कांग्रेसकाे भातृ संगठन जनसम्पर्क समिती, नेकपा एमालेकाे भातृ संगठन प्रवाशी नेपाली मञ्च र नेकपा माओवादीकाे भातृ संगठन जन प्रगतिशील मञ्च बिच चुनावी सहमति भएकाे छ । । सहमति अनुसार जन सम्पर्क समितिको भागमा अध्यक्ष, आईसीसी सदस्य, प्रवासी नेपाली मञ्च को भागमा उपाध्यक्ष, माहासचिब परेको र जन प्रगतिशील को भाग मा आईसीसी सदस्य, सचिब परेको कुरा प्रकाशमा अाएकाे छ । प्रवासी नेपाली मन्च को तर्फबाट मञ्च उपाध्यक्ष बलराम पौडेल लाई उपाध्यक्ष, माहासचिब निराजन सुबेदि लाई माहासचिबमा पठाउने निणय गरेको छ । भने जनप्रगती मंच द्रारा आईसीसी सदस्य मा शम्भु गौतम र सचिव मा ईस्वर रिजाललाई सहभागी गराउने तयारी रहेको जानकारी गराईएको छ । जनसम्पर्क समितिले पदकाे ढुंगाे नभएकाे बताएकाे छ ।
जनजाती माहासङ लगायत अन्य राजनैतिक भातृ संगठनहरूलाइ तिन संगठनले सहमतिमा नल्याए पछि नयाँ छुट्टै प्यानल बनाएर निर्वाचनमा जाने तयारि भइरहेकाे छ ।
यता स्वतन्त्र ब्याक्ती हरु को भेलाले आफ्नो छुट्टै प्यानल बनाएर उम्मेद्बारी दिने तयारी मा रहेको को बताइएको छ । उमेदवार मनोनयन २ सेप्टेम्वर २०१७ दिउँसो ४ बजे सम्म रहेको निर्वाचन समितिका सयोजक अशोक घिमिरे ले बताए ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु