समाजसेवि हमालद्वारा आइसिसि सदस्यमा उमेद्वारी

लिस्वोन,
Narendra hamalसमाजसेवि नरेन्द्र हमालले पाेर्चुगलबाट अन्तराष्ट्रिय समन्वय समिति परिषद सदस्य (आइसिसि) मा आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ । पोर्चुगलमा लामो समय देखि रहदै आउनुभएका समाजसेवि हमालकोे गैर आवासिय नेपाली संघमा विगतको कार्यकालमा पनि सफलतापुर्वक काम गरेको अनुभव छ । पोर्चुगलमा मात्र नभएर नेपालका हरेक क्षेत्रमा आर्थिक तथा सामाजिक सद्भाव कायम गर्दै आउनुभएका हमाललाई यस पटक पोर्चुगलमा भएका नेपालीहरुको आग्रह अनुसार आइसिसि सदस्यको जिम्मेवारी दिएको पोर्चुगलमा भएका नेपालीहरुको भनाइ रहेको छ ।

बागलुङमा स्थायी घर भएका हमाल पोर्चुगलको पर्यटकीय शहर लिस्वोनमा एक सफल ब्यवसायिको रुपमा पनि चिनिदै आउनु भएको छ । वहाँले हमाल ट्रस्ट साथै पोर्चुगलका बिभिन्न नेपाली संघ-संस्था मार्फत पोर्चुगल तथा नेपालमा आपतकालिन अवस्था, अनाथ, गरिव असहायहरुको शिक्षा तथा स्वास्थ्य जस्तो परोपकारी क्षेत्रमा समेत सहयोग गर्दै आउनुभएको छ ।
उमेदवारी दर्ता गराए पछि हमालले गैर आवासीय नेपाली संघ लाई साझा संस्थाको रुपमा बिकाश गरि सम्पूर्ण प्रवासमा रहेका नेपालीहरुको एउटै साझा चौतारीको रुपमा बिकाश गर्दै लैजाने आफ्नो योजना रहेको बताउनुभएको छ ।
एनअारएनकाे संगठन भन्दा वाहिर रहदाँ पनि सामाजिक सद्भाव र संगठनका सकरात्मक काममा रहयाेग गर्दै अाउनुभएका हमाल यस पटक जिम्मेवारि र अभिभावक भइ संगठनमा अावद्द हुनुलाइ पाेर्चुगलमा भएका समस्त नेपाली र एनअारएन संगठनमा पनि धेरै सुधार हुने संकेतकाे रूपमा देखिएकाे छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु