एनअारएनका जोशिला उम्मेदवारहरु- फुर्वान रायमाझी

१० सेप्टेम्बर नजिकियो।केही मान्छेहरु हिजोआज खुब ब्यस्त छन।सहमतीको संगठन निर्माण गर्ने अभियान अन्तिम चरणमा छ।उम्मेदवारहरुको टुङ्गो लागिसक्यो।अध्यक्ष निर्बिरोध भएर बधाईको भागिदार भैसके।फेरि बधाई छ अध्यक्ष ज्यु।अध्यक्षमा उम्मेदवारी दिएर सहमतीमा फिर्ता लिएका उम्मेदवारको बारेमा उस्तै चर्चा छ।अन्तराष्ट्रीय समन्वय परिषदका दुई सदस्यहरु पनि निर्बिरोध चुनिए।भागबन्डा र बार्गेनिङ अझैपनी जारी छ।बाँकी पदहरुमा चुनाब हुने सम्भावना उत्तिकै छ।निर्वाचन भयो भने रोचक हुने निश्चित छ।जनजातीहरु आफ्नो राजनैतिक संगठन र सिद्धान्तलाई बिर्सिएर जातिगत रुपमा संगठित छन तसर्थ जातिय बिषयका टिकाटिप्पणीहरु खुब सुनिन्छन।भब्य कार्यक्रमहरु भएका छन।उम्मेदवारका भाषण,घोषणापत्र र योजनाहरु खुब चासोका बिषय भएका छन।चिल्ला,मिठा कुरा गर्नेहरु उसै लोकप्रिय हुन्छन,यसपाली पनि हुने होलान्।ठुला,चर्का कुरा गर्नेहरु जसरी नि चर्चित हुन्छन,यसपाली पनि त्यसै हुँदैछ।

यहाँको हावा नै यस्तै छ।कोहि उड्छन,कोहि उडाईन्छन।मान्छेलाई मान्छेहरु मिलेर उडाउँछन,हाम्ले पनि त्यसै गरेका छौ।कोहि हराउँछन,हराउनै नपर्ने मान्छेहरु। मान्छे जति हराउँछ उत्ति उसैको चर्चा हुन्छ,हाम्ले पनि चर्चा गरेका छौ,सुनेका थियौ।
अब त भोट हालिएला,हाल्नैपर्ने भो।सदस्यता नलिएकाहरु पछुताएका छन।जोशिला,फुर्तिला,सुकिला ठिटाहरु उम्मेदवारी दिएर कस्सिएका छन।भेट्दा नमस्ते ठोक्छन,म्यासेज गर्छन,फोन गर्छन,सन्चोबिसन्चो सोध्छन।भाषण उस्तै दमदार दिन्छन।हामी वाह भन्छौ,हामी ट्वा पर्छौ अनि हामी केही आशा गर्छौ,केही बिश्वासहरु थप्छौ।अबको यहाँको समाज अझै सुधार हुनेमा उत्साहित हुन्छौ।

चोकमा गफ चल्दैछ,फेसबुकमा पनि,रेस्टुरेन्टमा उस्तै छलफल छ।फलानोले त जित्नैपर्छ भन्ने आवाजहरु सुनिन्छन।भोट हाल्न नपाउनेहरुको उस्तै छटपटी छ।मान्छेहरु उत्साहित भएका छन र मान्छेहरु लोभी छैनन्,स्वार्थी छैनन्।मान्छेहरु आशाबादी छन र मान्छेहरु बेचिएका छैनन।मान्छेहरुले चासो राखेका छन तर खुट्टा तानेका छैनन,तान्दैनन्।
केही उम्मेदवारहरु मान्छेहरुको भाग लगाउँछन।हामी कतै अटाउँछौ,कतै अटाउँदैनौ अथवा हामी जतापनी अटाउँछौ।तर हामीलाई हाम्राहरुसँगै अटाउनुपर्छ भन्ने पनि छैन।हाम्राहरु प्लस माईनसमा अल्झिरहेछन्।कहिले सबै हाम्राजस्ता लाग्छन,उस्तै जिन्दगीको कथा बोकेर बाँचिरहेका हरेक परदेशीहरु दाजुभाई हुन।हाम्रा आफ्ना मान्छे हुन।हामी हाम्राबीचको प्रतिस्पर्धा धुमधाम हुँदैछ,जित्नैपर्नेहरुले जित्नुपर्छ।हाम्रा मान्छेहरु हारेपनी हामीलाई फरक पर्दैन।
तर यहाँ त आफू असल भए,खराब मान्छेहरु आफ्ना हुँदै हुन्नन।खराब ब्यक्तिलाई कस्ले गन्छ र यो शहरमा,कसैले चिन्दैन,नचिनेझै गर्छ।आफू खराब भए असल मान्छेहरु कसरी आफ्ना हुन्छन?शहरमा गलत मान्छेहरुको छुट्टै समूह देख्छु म,असल मान्छेहरुको छुट्टै समूह देख्छु।मलाई याद छ,म खराब हुँदाको समय मेरा आफ्ना कोहि थिएनन्,यदि म असल भएभने सबै मेरा आफ्ना हुन,हाम्रा हुन,उत्तिकै प्यारा पनि।phurban हामी यहि गुणहरुलाई भोट गर्नेछौ।हाम्रा उम्मेदवारहरु अझै उर्जावान हुनेछन्।आफुलाई जिम्मेवारी थपिएको महशुस गर्नेछन।परिवर्तनको शुरूवात आफैवाट गर्नेछन।ब्यबसायी उम्मेदवारहरु आफ्ना कामदारलाई शोषण गर्ने छाड्नेछन।श्रमिकहरुको उच्च सम्मान गर्नेछन।ठगी काण्डहरु निर्मुल हुनेछन।खेतीका नेपालीहरुले न्याय पाउनेछन।संस्थामा आउनु भनेको आफू सामाजिक हुनु हो।सामाजिक ब्यक्तिले समाजलाई ढाट्न मिल्दैन,लुट्न मिल्दैन,समाजको नियम मिच्न पाईदैन।यदि त्यसो गर्न सकिँदैन भने चुपचाप बसौं।यहाँ हजारौं मान्छेहरु चुपचाप बसेका छन।
अब यसपालीका ५० का कुरा गरौं।बीस हजार नेपालीहरु छन भनिन्छ पोर्तुगलमा।यत्रो नेपालीहरुका भीडमा ५० जना आफुखुशी फुत्त निस्किएका छन यसपाली।१९ हजार ९ सय ५०कहाँ के गर्दैछन,चासो छैन,थाहा छैन,मतलब छैन।म १९ हजार ९ सय ५० मध्येको १।मलाई पनि मेरो बारेमा थाहा छैन,चासो छैन,चिन्ता छैन।उहीँ चुनाबको चटारो छ, ५० को चासो छ,चिन्ता छ।त्यो ५० भित्र जोश परेको छ,जाँगर,आँट,हिम्मत र साहस परेको छ।उत्साह,योजना,संकल्प र सपनाहरु परेका छन।भोलि कार्यसमिती त्यही मान्छेहरुको समूह हुनेछ।तपाईं त्यही समुहभित्र पर्नुहोला अनि त तपाईको पनि मतलब राखिन्छ,चर्चा गरिन्छ,तपाईका बिषयमा गफ हुन्छन,मान्छेहरु अघिपछी गर्दै बाटो छेक्छन मतलब खुट्टा तान्छन,उस्क्याउछन।तपाईले खाए पिएको कुरो फेसबुकमा आउँछ।तपाईको स्टाटस स्कृन सट गरेर अर्को स्टाटस आउँछ,समाचार आउँछ।तपाईको कामको मुल्यांकन गरिन्छ।तपाईको गल्तीमा औंला ठड्याईन्छ।तपाईको स्वतन्त्रता गुम्छ,तपाईलाई मान्छेहरुले हरेक अबस्थामा पनि नियालीरहेको हुन्छ। बुझ्नुस तपाईं सेलिब्रेटी भैसक्नुभो,म पनि तपाईलाई त्यसै गर्नेछु।
अधिबेशन हुँदैछ,चुनाब हुँदैछ अथवा प्रतिस्पर्धा हुँदैछ,कि जित हुँदैछ कि हार।चुनाबमा अरुको कमजोरी थाहा पाउँदैमा आफू शक्तिशाली बनिदैन।अरुको गल्ती देखाउँदैमा आफू बुद्धिमान पनि बनिदैन।अरुलाई खराब भन्दैमा आफू असल बनिदैन।तर यहाँ त सत्य यो रहेछ कि मान्छेहरु आफ्नो एउटा गल्ती ढाकछोप गर्न अर्को गल्ती गरिरहेका छन।अरुलाइ गलत देखाएर आफू असल देखिन खोज्छन।यहाँका केही मान्छेहरुले हामीलाई यही ज्ञान सिकाएका छन,हामी सिकौं।
हरेकले हरेकको मुल्यांकन गर्छ यो शहरमा।चुनाबमा प्रतिपक्षलाई जे बोलेपनी हुन्छ भन्ने नेपाली संस्कारले जहीतही काम नगर्न पनि सक्छ।तसर्थ सभ्य बनौं,भोलीसम्म बाँच्नुपर्छ यो शहरमा।असल ब्यक्तिलाई भोट गरौं।
अत:असल मान्छेहरु सामाजिक संस्थामा आउनुपर्छ।असल ब्यक्तिले समाज सुधारका निम्ति गरेको सानो योगदान पनि बिशेष महत्वपूर्ण हुन्छ,प्रेरणादायी हुन्छ।समाज र सामाजिक सेवाको योगदानको मुल्यांकन नेतृत्वको आचरण र स्वभावले पनि निर्धारण गर्ने गर्छौ हामी।
अन्त्यमा सबैलाई बिजयको शुभकामना।सकारात्मक सोच्दै जाँदा सामाजिक संस्थाहरुमा राम्रो नतिजा आउँछ।सत्कर्म गर्दै जादा आफू स्वंय सत्मार्गमा हिडिन्छ।सामाजिक एकता र सद्भाव मजबुत बनाउ

सके हामी अझै उत्कृष्ट हुनेछौं।भोलीका दिनहरुमा सभ्य समाज र उत्कृष्ट संस्थाको पहिचान गराउन आजका जोशिला उम्मेदवारहरु लागिरहनेछन,शुभकामना ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु