एनआरएनए पोर्तुगलको उपाध्यक्षमा अनुभवी उम्मेदवार गोबिन्द सापकोटा

लिस्बोन
गैरआवासीय नेपाली संघ पोर्तुगलका केही पदहरुमा सहमती नभएपछी निर्वाचन हुने निश्चित भएको छ।चुबाबको मिती नजिकिदै जादा उम्मेदवारहरुलाइ भोट माग्ने चटारो शुरु भएको छ।
सन् २००७ मा पोर्तुगल आएर एनआरएन पोर्चुगलको २०१३-१५ कार्यकालमा पनि उपाध्यक्ष भएर काम गरिसकेका गोबिन्द सापकोटा यसपटक पनि उपाध्यक्ष पदमा आफ्नो उम्मेदबारी दिएका छन।यहाँको नेपाली समुदायमा चिरपरिचित अनुहारका नरम र मिलनसार स्वभावका सापकोटाले यसपटक पनि एनआरएनए पोर्तुगलको उपाध्यक्ष भएर समाजसेवा गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन। २०१३-१५ को कार्यकाल एनआरएनए पोर्तुगलको इतिहासमा सफल कार्यकाल मानिन्छ । त्यसकारण उनी एनआरएनए पोर्तुगलमा अनुभवी मानिन्छन् ।
18527617_10210969588249023_3193106229871839082_n
रोटरी क्लब पोर्तुगलको सदस्य,चितवन समाजको सल्लाहकार र मेहेनेती तथा निस्वार्थ स्वभावका छवि बनाएका समाजसेवी सापकोटा ब्यबसाय र काम दुबै गर्दै आएका छन् ।

केही न केही नयाँ काम गरौं भन्ने सोचका सापकोटाले पोर्तुगलमा रहेका सबै नेपाली दाजुभाइ, दिदिबहिनी,सबै बर्ग,जात र क्षेत्रमा नयाँ उत्साह र सकारात्मक माहोल ल्याउने गरि काम गर्ने योजना रहेको बताउदै नेपालीहरुसंग आफुलाई मतदान गर्न आग्रह गरेका छन।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु