पर्वत समाज बेल्जियमले पर्वतमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने।

लुभेन, सेप्टेम्वर ११/ पर्वत समाज बेल्जियमले पर्वत जिल्लाको फलेवासमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।आगामी अक्टोबर ७ र ८ तारिकका दिन नेपालका प्रख्यात मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईको नेतृत्वको २० जनाको टोलीले स्थानिय गरिव,असहाय ब्यक्तिहरुलाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गर्न लागीएको पर्वत समाज बेल्जियममा अध्यक्ष झलक केसीले जानकारी दिएका छन।
21553186_1952312475057104_2047384056_nहिजो आईतवार पर्वत समाज बेल्जियमको एक कार्यक्रममा पर्वतबाट प्रतिनिधित्व गर्दै एनआरएन बेल्जियमको कार्यसमितिमा नवनिर्वाचित उपाध्यक्ष खड्क केसी,कोषाध्यक्ष दर्शन गुरुङ,सदस्यहरु सीता केसी,किरण पुन,दिपक न्यौपाने र मानार्थ सदस्य चिज कुमार श्रेष्ठलाई सम्मान तथा बधाई दिएको थियो।
उक्त शिविरको सहआयोजक लायन्स क्लब पर्वत रहने छ।
उक्त कार्यक्रममा नबनिर्वाचित प्रतिनिधीहरुलाई संस्थाका अध्यक्ष झलक केसी र एनआरएन ग्लोबलका सचिब अर्जुन कुमार श्रेष्ठले सम्माण गर्नुभएको थियो।संस्थाले निशुल्क स्वास्थ्य शिबिरमा आएर स्थानिय सर्वसाधारणलाई आफ्नो स्वास्थ परिक्षण गराउन समेत आग्रह गरेको छ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु