शोभयात्रा सहित पोर्तुगलमा २५६२ औँ बुद्ध जयन्ती मनाइने l

लिस्वन, पोर्चुगलको लिस्वन शहरमा शोभयात्रा सहित २५६२ औं बुध्द जयन्ति मनाउने तयारी भईरहेको छ । पाेर्चुगलका लागि नेपालि पर्यटनदुत रमेश कुमार गुरूङकाे संयाेजकत्वमा हुने बुध्द जयन्ति कार्यक्रम अप्रिल ३० तारिकका दिन हुने भएको छ । विशेष कार्यक्रम सहित पोर्चुगलमा भित्रिने पर्यटकहरुको विशेष गन्तब्य रहेको लिस्वन स्थित रोशियो क्षेत्रमा बृहत शेाभा यात्रा हुने कार्यक्रम तय भएको छ ।
शान्तिका अग्रदुत भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देशलाई संसारभर पुर्याउनको लागी बृहद् शोभा-यात्राको आयोजना गरिने भएको हो। बुध्दको जन्मस्थल को बारेमा विभिन्न भ्रमहरु फ़ैलाईएको अवस्थामा शोभा यात्राले बुध्दको जन्मथलो नेपालको प्रचार-प्रचारमा टेवा पुग्नेछ। बुध्द जयन्ति कार्यक्रम विशेष र भब्य तरिकाले सम्पन्न गर्नका लागी विभिन्न तरिकाले कार्यविभाजन गरिएकाे संयाेजक गुरूङले जनाएका छन् ।
भगवान गौतम बुध्द, र नेपालको सास्कृतिको बारेमा विशेष प्रचार गर्नका लागि पूजा पाठ, सामुहिक प्राथना , भेषभुषा प्रदर्शन लगायतका कार्यक्रमहरु रहेका छन् ।
दिनको ठिक ३:३० बजे बिशेष लामा गुरुहरु द्वारा बुद्धको मन्त्र पढेर पुजा गरिने र पुजा पश्चात बुद्ध नेपालमा जन्मेका हुन् भन्ने संदेश दिने उद्देश्यले राजधानी लिस्बोनको प्रमुख स्थानहरुमा र् याली सहितको बिशेष झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको छ भने स्थानीय सिन्डिकेटको हलमा पुजा शुरु गरिने भएको छ

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु