पोर्चुगलमा बेहोस अवस्थामा भेटिएका एक नेपालीको मृत्यु

मे ५ तारिक /लिस्वोन,
पाेर्चुगलमा एक नेपालीकाे मृत्यु भएकाे छ । काममा जाने क्रममा बेहोस भइ ढलेका एक नेपालीको अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हाे । अन्दाजि २८ वषिर्य सुजत कार्कि बेहोस भइ बाटोमा लडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
मे १ तारिक मंगलबारको विहानकाे समयमा बेहोस अवस्थामा प्रहरीले फेला पारी उपचारको लागि अस्पताल पुराउदै गर्दा मृत्यु भएको श्रोतले जनाएको छ ।
portugal_mapपोखरा घर भएका कार्कि करिव ३ वर्षदेखि पोर्चुगलमा रहदै आएको परिवारले जनाएकाे छ । परिवारकाे सहभागितामा हिन्दु परम्परा अनुसार उनको दाहसस्कार पोर्चुगलमै गरिने भएको छ ।
कार्किलाइ अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम भाेलि बुधबार दिउसाे ३ बजे देखि ३ः३० सम्म Instituto medicina legal lisboa काे अगाडिकाे फुनुराइरा कापोस लिस्वोनमा हुने भएको छ भने अन्तिम दाहासस्कार कार्यक्रम Cemitério do Alto de São João मा बुधबार दिउसाे ५ः३० बजे हुने गैर आवासिय नेपाली संघ पोर्चुगलले जनाएको छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु