पाेर्तुगलमा आत्महत्या गरेका कार्किको अन्तेष्टि मंगलबार गरिने ।

लिस्वोन, पाेर्तुगलमा आत्महत्या गरेका युवाको अन्तिम श्रद्धाञ्जली १२ तारिख मंगलबारका दिन दिउसो २ः४५ बजे हुने भएको छ । मोरङ इटहराका २२ वर्षिय चिरञ्जीवी कार्की आफ्नै कोठामा झुण्डीएर आत्महत्या गरेका थिए ।
नेपालमा रहेका कार्किका परिवारको सल्लाहमा हिन्दु परम्परा अनुसार उनको दाहसस्कार गरिने कार्यक्रम रहेको छ ।
कार्की मोन्तिजुको एउटा फुल कम्पनीमा काम गर्दै अाएका थिए । chairan karki
कोठामा एक्लै बस्दै अाएका कार्की १ तारिख बिहान काममा जाने बेला अवेर गरेपछि साथीहरूले उठाउन जाँदा झु्ण्डिएकाे अवस्थामा भेटिएका थिए ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु