तपाइ पोर्तुगलमा हुनुहुन्छ ? तपाइले सिक्नु पर्ने कुराहरू धेरै छन् ।

बाबुराम भुषाल/ लिस्वाेन, तपाइ पोर्तुगलमा हुनुहुन्छ ? या त तपाइले पोर्तुगललाइ आफ्नो गन्तब्य सोच्दै हुनुहुन्छ, या त अन्य ठाउँबाट पोर्तुगलमा स्थानान्तरण हुँदै हुनुहुन्छ छ भने पोर्तुगलको बसाइका क्रममा चाहिने निति नियम सम्वन्धी थुप्रै जानकारिहरू इन्टरनेटबाट पनि अध्ययन गर्न सकिन्छ । वकिल लगाएर समाधान गरिने कयौ समस्याहरू आफुले इन्टरनेटबाट अध्ययन गरेर समाधान गर्न सकिन्छ । mapa-do-vinho
तर हामी नेपालीहरुलाइ साना-साना समस्या समाधान गर्न पर्यो कि वकिल सम्झिने बानि परिसकेको छ । कयौ नेपालीहरु साना-साना समस्याकाे लागि पनि वकिलको सल्लाह लिन गएर पैसा खर्च गरिरहनुपरेको अवस्था छ । सेफ इन्ट्रि, रेसिडेन्सी नविकरण, फिनान्सको पिन एप्लाइ, आइआरएस भर्ने, सोसलको ट्याक्स चेक गर्ने, स्वास्थ्य सम्वन्धी सुविधा लगायतका थुप्रै भिडियोहरु युटुवमा पनि सार्वजनिक भएका छन् ति भिडियोहरु हेरेर आफ्ना समस्याको समाधान सजिलै गर्न सक्नुहुने छ ।

स्वास्थ्य सम्वन्धी सेवा
तपाइले पाेर्चुगलमा निशुल्क स्वास्थ्य सेवा पाउनुहुने छ । याे कुरा तपाइलाइ थाहा नहुन सक्छ । सेन्ट्राेसाउदकाे सेवा अस्पतालकाे इमरजेन्सी सेवा, सिटिस्क्यान, दिपापिसाप जाँच,एक्सरे लगायत ठूला ठूला चेक जाँचका सेवा पनि निशुल्क रूपमा उपयाेग गर्न सकिने छ । काम गरेकाे अाधार र मासिक तलवकाे अाधारमा यि सुविधाहरू उपयाेग गर्न पाइने छ । हेर्नुहाेस् तपाइलाइ याे भिडियाेले साथ दिने छ ।

ट्याक्स चेककाे लागि साेसलकाे पिन एप्लाइ
तपाइले पाेर्तुगलमा बसेर काम गर्दै हुनुहुन्छ । तर पाेतुर्गलमा रेसिडेन्सि परमिट, नविकरण, परिवार पुनर्मिलन प्रकृयाका लागि ट्याक्स अनिवार्य हुन्छ । तर तपाइले ट्यास्क गएकाे छ या छैन । कति समय सम्म गएकाे छ यि सवै कुराहरू अाफैले माेवाइल अथवा, कम्प्युटरबाट हेर्न सक्नुहुने छ त्यसकाे लागि साेसल नं. र पिन काेड अावश्यक पर्दछ । त्याे एप्लाइ गर्ने कसरी ? याे भिडियाेले तपाइलाइ साथ दिने छ ।

ट्याक्स चेककाे गर्ने तरिका
तपाइले साेसलकाे पिन एप्लाइ गर्नु भयाे भने करिब एक हप्तामा तपाइले दिएकाे ठेगानामा पिन नं. अाइ पुग्छ । त्यस पछि त्यहि पिन र साेसल नं.बाट लगइन गरि अाफ्नाे ट्याक्सकाे बारेमा जानकारि लिन सक्नुहुनेछ । त्यसकाे लागि याे भिडियाेले तपाइलाइ सहयाेग गर्ने छ ।

IRS कसरी भर्ने ?
पाेर्तुगलमा काम गर्नुभएकाे छ या त अाफ्नाे ब्यवसाय गर्नुभएकाे छ ? प्रत्येक वर्षकाे अाय ब्यय विवरण र पारिवारिक विवरण फिनान्समा बुझाउनु पर्ने हुन्छ । विगतमा पेपरकाे फर्म भरेर बुझाए पनि हुन्थ्याे भने तर २०१८ देखि अनलाइनबाट IRS भर्नु पर्ने हुन्छ त्यसकाे लागि याे भिडियाेले सहयाेग गर्ने छ ।

त्यसै गरी पाेर्तुगलमा रहेका नेपालीहरूलाइ अावश्यक पर्ने अन्य जानकारीहरू

  • Marcação Online SEF (Renew residence)
  • Consulate of Nepal, Lisbon
  • ACT application form :
  • Sponsership Form :
  • Family integration form :
  • Residence card application form :
  • Residence card renew application :
  • Application for Residence address change :
  • Embassy of Portugal in New Delhi
  • Learn Portuguese
  • तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

    Write Your Comment

    थप हेडलाइनहरु