‘कान्छी हे कान्छी’को सफलता पछि किशन रेग्मीलेले ल्याए रिमिक्स भर्सन

अमेरिका निवासी गायक किशन रेग्मीले ‘कान्छी हे कान्छी’को अपार सफलता पछि उक्त गीतको रिमिक्स भर्सनको भिडियो पनि बनाएका छन्। केही समय अघि उनले बजारमा ल्याएको ‘कान्छी हे कान्छी’ बोलको गीत बाट उनी गायक भएका हुन्। अहिले उक्त गीत फेरी परिमार्जित सहित रिमिक्स भर्सनमा भिडियो सहित सार्वजनिक भएको छ । यस अघि उनले उद्धव सिलवाल प्रोडक्सनको ब्यानरमा युएस मिडिया सँग सहकार्य गरी झन्डै दुई महिना अघि युट्युब मार्फत उक्त गीतको अफिसियल भिडियो ल्याएका थिए । जुन गीत युट्युबमा अपलोड भएपछि दर्शकले गीतलाई रुचाएका थिए।
दर्शकको राम्रो प्रतिक्रिया पाएपछि उनमा पुनः गीतलाई परिमार्जन गर्ने उत्साह जाग्यो । त्यही अनुरूप उनले गीतको भिडियोलाई अहिले फेरी डान्सिङ नम्बर दिएर निर्माण गरेका छन् । छमछमी सिजन वानका उत्कृष्ट दश प्रतिस्पर्धी मध्येका एक विक्रम विकको डान्सीङ क्रु वाईल्ड स्टेपर्सले भिडियो निर्माण गरेको छ । गीतमा उनीसँग मोडल तथा डान्सर आरजु उप्रेतीको आकर्षक डान्स रहेको छ । झापाका रमणीय स्थानहरूमा छायाङ्कन भएको भिडियोमा यस पटक स्वयं गायक किशनलाई पनि देख्न सकिन्छ । प्रल्हाद रिजालको शब्द तथा एसडी योगीको सङ्गीत रहेको गीतमा गायक किशनलाई गायिका श्रृति योगीले साथ दिएकी छिन् ।
गायक किशनलाई यो पहिलो गीतले लोकप्रियता दिलाएपछि पुनः दोस्रो गीत गाउन दर्शकले हुटहुटी दिएका छन् । ‘पुन अर्को गीत ल्याउन मलाई दबाब आएको छ ’उनले भने– ‘पहिलो प्रयासलाई दर्शकले राम्रो प्रतिक्रिया दिए पछि हौसिएको छु । गायक किशनले महिलाहरूको महान् पर्व हरितालिका तीज पछि अर्को नयाँ गीत सार्वजनिक गदैछन् ।

 

 

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु