बेलायतमा ‘सयपत्री साँझ–२०१८’ काे ब्यापक तयारी

40267462_291021501687860_4647733236561084416_n बाबुराम भुषाल/लण्डन- बेलायतकाे अल्डरसटमा नेपाली सास्कृतिक प्रस्तुति सहित ‘सयपत्री साँझ–२०१८’ काे ब्यापक तयारी भएकाे छ ।
सयपत्री नेपाली कल्चरल ग्रुप युकेले आउँदो ८ सेप्टेम्बर २०१८ शनिबारका दिन विशेष सास्कृितक प्रस्तुति सहित ‘सयपत्री साँझ–२०१८’ आयोजना गरेकाे हाे । विगतका वर्षहरूमा जस्तै यसबर्ष पनि चर्चित कलाकारहरूकाे विशेष उपस्थितिमा सो साँझको आयोजना गर्न लागिएको हो । लाइभ बाजा गाजा सहितकाे सास्कृतिक कार्यक्रम गर्दै अाइरहेकाे उक्त कल्चर ग्रुप युकेले यस वर्ष पनि नेपालका ख्याति प्राप्त गायक संगितकार टंक बुढाथाेकिकाे प्रस्तुति सँगै अन्य थुप्रै कलाकारहरूकाे सहभागितामा कार्यक्रमकाे तयारी गरेकाे छ ।
युकेमा सन् २००६ साल देखि नेपाली कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आएको समूहले अल्डरसटस्थित दि प्यालेसमा सो साँझ बेलुकी ६.३० बजे देखि सास्कृतिक साँझकाे आयोजना गरेकाे हाे ।
नेपाली सांगितिक क्षेत्रमा ज्यादै चर्चा कमाउन सफल बुढाथाेकीले सडकमा गीत गाउदै हिड्ने बाल गायक अशाेक दर्जिलाइ संगित प्रशिक्षण र संरक्षण सँगै उनकाे चर्चा अझै चुलिदै गएकाे छ ।

पछिल्लाे समयमा नेपाली संगित प्रेमीहरूकाे मनमा बस्न सफल रूपै माेहनि….मन बिनाको धन ठूलो कि धन बिनाको मन… बोलको चर्चित गीत लगायत थुप्रै गीतको संगीत भरिसकेका संगीतकार तथा गायक बुढाथोकीको बिशेष उपस्थितिमा सम्पन्न हुन लागेको सो साँझमा विशुद्ध नेपाली सांस्कृतिक प्रस्तुतिहरु पस्किने जानकारी आयोजक सयपत्री कल्चरल समुहका अध्यक्ष डम्बर सिंहले बताएका छन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु