साहित्य

सुन्न चाहदिन गुुलामी भाषाहरु — दीपेन्द्र के.सी.

सुन्न चाहदिन गुुलामी भाषाहरु — दीपेन्द्र के.सी. एउटै खुला आकाश ! एउटै खुला हावाहरुमा लहराईरहने झण्डाहरु उसरीनै उडीरहेछन् स्वतन्त्र विचारहरु जरुरी छैन झुक्न कुुनै आँधीहरुसँग । नसिकाउ हामीलाई गुलामी आसयका अर्थहरु नवोल मसँग गुलामी भाषाहरु । म देश ! बोल्दिन र बुझिदन गुलामी भाषाहरु यो स्वतन्त्रताको युगमा म सँग स्वतन्त्रताका भाषाहरु मात्रै छन् र,...

हामी फर्कन्छौं लालबावु महोदय !— दीपेन्द्र के.सी.

हामी फर्कन्छौं लालबावु महोदय !— दीपेन्द्र के.सी. रेमिट्यान्सको लड्डूूले ह्ृष्टपुष्ट लाग्ने लालबावुहरु ! डी.भी. र पी.आर.का हल्लाहरु, निजामती हप्कीदप्की र फेरि हल्लाहरुकै सिरक ओढेर निदाउने आदतमा तिमीहरुलाई बिझाउँदैनन् ? करङहरु पियन र कुल्लीहरुका ? लाईनका लाईन हरियो पासपोर्टमा डिपार्टचर हानेर दिनका दिन बाकसभित्रका लाश गन्ने आदत वसेका लालबावुहरु के जिउँदै देश...

गजल- कोमल भट्ट

रोएर जिन्दगानी आघातमा रमायो हाँसो खुसी नहेर्दै औकातमा रमायो मुस्कान भो कथा झैं साथी छ आँसु धारा कैले छ धूप कैले वर्षातमा रमायो आत्मीयता हरायो खोजिन्छ वस्तु ऐले निस्सार चाकडी वा सौगातमा रमायो थाक्यो शरीर सारा मिल्दैन शान्ति...

बरु मलाई केही हात जमिन देउ भाइ।-फर्वान रायमाझी

बरु मलाई केही हात जमिन देउ भाइ।-फर्वान रायमाझी गाउँको पुर्ख्यौली सम्पत्ती बेचेर शहर ताकेपछि मलाई सधै लाग्थ्यो-गल्ती गरे। यसपाला त घर न घाटको भए न शहर रहयो-शहरमा न रहर रहयो-शहरमा केही बँचेका बाँच्ने आशाहरु याद गर्दैछन बेचेको सम्पत्तिको। सडकपेटीको पालको छाप्रोबाट भत्केको घरका भग्नाबशेष कुर्दा सुख टिपेको कसरी रहर गर्नु? प्राण भन्दा -सुख...

प्रवास – अञ्जान काइँला

प्रवास – अञ्जान काइँला यो प्रवासको कुरा हो कलीलो बिहानले कोल्टे फेर्न नपाउदै घामले बाक्लो निन्द्राबाट ब्यूँझिन नपाउदै साहूको बिस्वास पात्रले मलाई उस्को कार्य कक्षमा उभ्याएर दिन फतक्कै गल्ने गरी, मन गरुङ्गो हुने क्रोधको भारी बोकायो । म सुमेरु पर्बत झै डेग नचल्मलाई उभी रहे । महाराज धृतराष्ट्रका...

बलात्कार-दीपेन्द्र के.सी.

जव तिमी ! यो राज्यले तोकेको सवैभन्दा सुरक्षित शहरको अति सुरक्षित गल्लीमा निस्कन्छ्यौ तिमीलाई चियाउँछन आँखाहरु र्याम्पकी अर्धनग्न मोडल क्याटवाककी नवयौवना वा कुनै छाडा चलचित्रकी उत्ताउली नायिकाको विम्वमा । मध्य सडकको जँड्याहा भेट्छयौ उ पनि मादक नजर तेर्साउँछ सडकको माग्ने हेर्छौ उ पनि वासनाको आश...

कविता-एउटा घर- कपिल अर्याल

एउटा घर भित्ताबाट चिहाएर हेरे उता छिमेकीको करेसाबारी र भकारी एकैसाथ देखिन्छ तर यता महिनौदेखि निभेको चुल्हो र खाली भाँडा ! एउटा घर जसको छतबाट स्पष्ट देखिन्छ बाहिर आकाशमा चम्किरहेका तारा र जुन तर यसले बिर्सिसक्यो ऊ आफु भित्र उज्यालोको बास कहिले थियो भनेर एउटा घर केवल अस्थिपन्जर बोकेर घरको परिभाषा दिईरहेको आफु...

गीत-बाबुराम भुषाल

गीत-बाबुराम भुषाल मध्य रातको सपनिमा चितामाथी जल्दै रैछु झस्किएर ब्युझि हेरेँ नसा सँग गल्दै रैछु आज पिए भोली पिए जिवन जिउने बहानामा आफन्त त कोही होइन केवल उनको सम्झनामा मुटु दुखाइ तड्पिएर आफैलाई छल्दै रैछु झस्किएर ब्युझि हेरेँ नसा सँग...

गजल-कपिल अर्याल

गजल-कपिल अर्याल मनमस्तिष्क भराउछ, अनि कलम छोप्छु याद्ले पागल गराउछ, अनि कलम छोप्छु सहनुको सीमासम्म, सक्छु सहनलाई घाउ निक्कै चराउछ, अनि कलम छोप्छु गुम्स्साएर राखे पिडा, छिट्टै पागल हुन्छस अन्तर्मनले कराउछ, अनि कलम छोप्छु लेख्न नछोड लेख्दा लेख्दै, कृति बन्न सक्छ भनि ´कपिल`सराउछ,...

कालुको नरक भ्रमण -बाला बि क

कालुको नरक भ्रमण -बाला बि क मानिस जन्म सँगै मृत्‍यु लिएर जन्मिएको हुन्छ। त्यसैले यसलाई अहिले सम्म कसैले पनि टार्न सकेको छैन। संसारको जुनसुकै धर्ममा पनि मृत्‍यु पछी मानिस स्वर्ग वा नरकमा जान्छ भनेकै छ। राम्रो काम गर्ने...